एनआसी एशियाको कार्डबाट अनलाईन खरिद गर्दा १० प्रतिशत नगद फिर्ता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआसी एशियाको कार्डबाट अनलाईन खरिद गर्दा १० प्रतिशत नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई विभिन्न अनलाईन पसलबाट आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता हुने भएको छ ।

 केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने व्यवस्था बैंक र उक्त अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी भएको बैंकले जनाएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने छन् । 

लकडाउनको समयमा ग्राहकलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । बैंकले लकडाउन आवधिभर म्बचबश अनलाईन  मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ । 

...

Read More
  • MBL