कोरोनाका कारण नबिल बैंकको सातवर्षे ऋणपत्र बिक्री स्थगित


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोनाका कारण नबिल बैंकको सातवर्षे ऋणपत्र बिक्री स्थगित

कोरोना भाइरसका कारण नबिल बैंकको सातवर्षे ऋणपत्र बिक्री स्थगित भएको छ । लकडाउनका कारण बिक्री रोकिएको बैंकको ऋणपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका चिफ अपरेटिङ अफिसर अतिश श्रेष्ठले बताए । बैंकले २ चैतदेखि ५ गतेसम्म ऋणपत्र बिक्री खुला गरेको थियो । सो अवधिमा पूरै ऋणपत्रमा आवेदन नपरेपछि कम्पनीले आवेदन दिने अवधि चैत १६ गतेसम्म बनाएको थियो।

सर्वसाधारणका लागि निष्कासन भएको ऋणपत्रमा अवधि थपपछि संस्थाहरूले पनि आवेदन दिन पाउने भएका थिए । तर, कोरोना भाइरसका कारण चैत ११ गतेदेखि नेपाल लकडाउन भएकाले कम्पनीको ऋणपत्र बिक्री प्रभावित भएको हो ।

Read More