अहिले दैनिकजसो बैंक तथा बित्तिय संस्थाहरुले डिजिटल कारोबार गर्न आफ्ना सेवाग्राही लाई आग्रह गरिरहेका छन । अहिलेको यस्तो संकटको बेला डिजटल कारोबारबाट केहि हदसम्म कोरोना संक्रमण रोक्न सहयोग पनि अवश्य पुग्छ । साथै प्रबिधिमैत्री समाज निर्माण गर्ने यो उपयुक्त अवसर पनि हो । तर नेपालको बैंकिङ क्षेत्रले प्रयोग गरेको प्रबिधिले बेला बेलामा क्षति र आलोचना बेहोरेको पनि तितो यथार्थ हो । अहिलेको यो महासंकटको बेला पनि केही समाचारहरु आए जसले गर्दा बैंकिङ सुरक्षाको चासो बढेको छ । बैंकिङ क्षेत्र अरु क्षेत्र भन्दा बढी नै संबेदनशील क्षेत्र हो । आन्तरिक तथा बाह्रय जोखिम दुबैलाई न्युनीकरण गर्न निकै ठुलो लगानी पनि हुने गरेको छ । तर बिश्वकै ठुला र उच्च स्तरको प्रबिधि प्रयोग गरेका बैंकहरु पनि नराम्रोसँग लुटिएका उदाहरण पनि छन । त्यसमा बैंकको मात्रै दोष हुँदैन बिभिन्न पक्षहरुको भुमिका महत्वपुर्ण हुन्छ ।
सेवाग्राहीको भुमिका
बैंकको महत्वपुर्ण पक्ष भनेको ग्राहक हो । ग्राहक बिना बैंकहरुको कल्पना गर्न सकिँदैन । बैंकले आफ्नो सफलता लाई ग्राहकको सुरक्षा र सेवा संग जोडेको हुन्छ । सेवा सहज बनाउन प्रबिधि प्रयोग हुन्छ जसले गर्दा सेवाग्राही आफैले आफुले चाहेको बखत सेवा उपभोग गर्न सक्छन । त्यसको लागि बैंकले आफ्नो सिस्टम संग जोडिन केही अनुमति दिएको हुन्छ जस्तै मोबाईल बैंकिङ, डेबिट कार्ड, त्रेडिट कार्ड, ईन्टरनेट बैंकिङ, क्ष्एक्, भ्(कभधब आदी । यी सबै सेवाको लागि बैंक खातासंग जोडिनु पर्ने हुन्छ । त्यसैले यी अनलाईन सेवा लिदा सेवाग्राहीले सुरक्षित रहेर कारोबार गर्नुपर्ने हुन्छ ।
– आफुले अनलाईन सेवा लिईसकेपछि अनिवार्य रुपमा लगआउट गर्ने ।
– आफ्नो ब्यक्तिगत बिवरण तथा बैंक खाताको बिवरण अरुलाई नदिने ।
– आफ्नो डेबिट क्रेडिट कार्ड हराएमा तुरुन्त बैंकमा खबर गरि ब्लक गराउने ।
– आफ्नो पिन कोड तथा पासवर्ड अरुलाई थाहा नदिने ।
– अनलाईन जागिर, चिठ्ठा सम्बन्धी फोन तथा ईमेल मार्फत बैंक खाता बिवरण नदिने ।
कर्मचारीको भुमिका
बैंकहरुमाथि साईबर हमला गर्न सबैभन्दा सजिलो पात्र भनेको त्यही बैंकका कर्मचारी मानिन्छन । धेरै सुचना तथा जानकारी प्राप्त गर्न कर्मचारी लाई ईमेल गरेर बिभिन्न जानकारी प्राप्त गर्दछन । कहिलेकाही सिनियर कर्मचारीकै नामबाट ईमेल पठाएर झुक्याएर फाईल खोल्न तथा रिप्लाई गर्न बाध्यात्मक अवस्था बनाउछन । ईमेल सर्भरमा छिरेर पछि मेन सर्भरमा छिर्ने बाटो बनाउछन र आफ्नो उद्घेश्य पुरा गर्छन ।
- आफ्नो अफिसियल क्रेडिन्सियल एकदमै सुरक्षित राख्ने ।
- अनावश्यक र अपरिचित नामबाट आएका ईमेल फाईल नखोल्ने र तुरुन्त डिलिट गर्ने ।
- आफुले प्रयोग गर्ने कम्प्युटर तथा ल्यापटप सुरक्षित राख्ने ।
- बिभिन्न सिस्टममा लगईन गरेर काम सकेपछि अनिवार्य लगआउट हुने ।
- शंकास्पद ईमेल तथा अन्य सुचनाहरुको जानकारी माथिल्लो तहमा जानकारी गराउने ।
बैंकहरुको भुमिका





