क्यूआर कोड राख्नु भएको छ ? छैन भने एनआइसी एशिया बैंकले प्रदान गर्नेछ, यस्तो छ प्रक्रिया


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
क्यूआर कोड राख्नु भएको छ ? छैन भने एनआइसी एशिया बैंकले प्रदान गर्नेछ, यस्तो छ प्रक्रिया

कठमाडौं– एनआइसी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । 

विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको हो । 

धेरै समयको लकडाउनको कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटीएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको जनाएको छ । ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडबाट सामाग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआइसी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा क्यूआर कोड प्रदान गर्ने भएको छ ।

–सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना ाभभमदबअप२लष्अबकष्बदबलप।अयm मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्यूआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एन आई सी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

–बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।
–बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्यूआर प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।
–व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।

–त्यसपछि बैैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्यूआर  कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्यूआर  कोड स्वयम् प्रिन्ट गरी ग्राहकहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नेछन् ।
–कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्यूआर स्ट्यान्डी व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नुहुनेछ । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि क्यूआर स्ट्यान्डी प्रदान गर्नेछ ।

Read More
  • MBL - below news