काठमाण्डौ । कोरोना महामारीको चपेटामा परेपछि विश्वका मानिसले एउटा अर्को खतराका बारेमा भुलिरहेका छन्। त्यो हो यो संकटपछिको विश्वमा तीवग्रगतिमा रोबोटको उदय।
विश्लेषकहरुको भनाइ छ कि राम्रो होस् वा नराम्रो तर यो सच्चाइ हो कि अबै थुप्रै काममा मानिसको ठाउँमा रोबोटले स्थान पाउनेछन्। कोरोना संकटले अहिले यो दिशामा अधिकांश देशले प्रयास अगाडि बढाइसकेका छन्। भविष्यवक्ता मार्टिन फोर्ड भन्छन्, ‘मानिस आमरुपमा यो भन्न्न रुचाउँछ कि कुनै पनि गविधिमा मानिसको उपस्थित हुनैपर्छ तर कोरोना संकटले यसलाई पूर्ण रुपमा परिवर्तन गरिदिएको छ।’
आउने समयमा कसरी रोबोट अर्थव्यवस्थाको एउटा अहम हिस्सा बन्ला भन्ने विषयमा मार्टिन फोर्डले एउटा लेख नै लेखेका छन्। मार्टिन भन्छन्, ‘कोरोनाको असरले उपभोक्ताको प्राथमिकताहरुमा परिवर्तन ल्याइरहेको छ र अटोमेसिनका लागि नयाँ अवसर खुल्न गइरहेको छ।’
विश्व विकसित देशहरुमा रहेका ठूलासाना सबै कम्पनी सामाजिक दूरी पालना गर्नका लागि अहिले रोबोट्सको प्रयोग भइरहेको छ। केही कम्पनीले मात्र अत्यावश्यक कर्मचारीलाई कार्यालयमा बोलाएका छन्।
अमेरिकाको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले कार्यालयको भुइँ सफा गर्न रोबोटको प्रयोग गरिरहेको छ।
दक्षिण कोरियाले मानिसको तापमान लिन र सेनिटाइजर बाँड्न रोबोटको प्रयोग गरिहेको छ।





