डाटा ह्यकिङ्ग, साइबर सुरक्षा र यसबाट बच्ने उपाय


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डाटा ह्यकिङ्ग, साइबर सुरक्षा र यसबाट बच्ने उपाय

डाटा ह्यकिङ्गबाट विश्वमा प्रत्येक वर्ष खरबौँ डलरको नोक्सानी हुन्छ । साइबर आक्रमणबाट कम्पुटर प्रणालीको उपयोगमा बाधा उत्पन्न गर्नेदेखि आर्थिक/सामाजिक संवेदनशील डाटा चोरीसम्म हुने गरेको छ । नेपालकै सन्दर्भ हेर्दा पछिल्लो केहि महिना यता विभिन्न घटनाहरु सार्वजनिक भइरहदा  हामीले सतर्क हुन साइबर सेक्युरेटीका केही सामान्य प्रकियाहरु बुझ्न जरूरी छ। सामान्यरुपमा तल दिएका तरिकाहरु साइबर हमला हुने गरेको छ : 

१) वेभ सफ्टवेयरमा हुने कमजाेरी/जाेखिम

सर्वप्रथम के बुझ्न जरुरी छ भने, कुनै पनि सिस्टम विकास गर्न विभिन्न तहका सफ्टवेयर प्रयोग गरिएको हुन्छ।  कुनै सफ्टवेयर आफै निर्माण गरिन्छ भने कुनै तेश्रो-पक्षीय प्रयोग गरिन्छ।  धेरै जसो वेभ सफ्टवेयरमा हुने हमला जसमा डाटा चोरिन्छ त्यसमा कुनै न कुनै तहको वेभ सफ्टवेयरमा कमजाेरी भएको हुन्छ । वेभ सफ्टवेयरमा प्रयोग हुने फारम, dynamic-urls, इत्यादिहरुमा  प्रयोगकर्ताले हालेकाे डाटालाई सिस्टमले सर्भरमा लिदा राम्रोसँग परीक्षण गरिएन भने डाटा चोरी हुन सक्छ । कोडमा रहेको त्रुटीको फाइदा लिई ह्याकरहरुले सजिलै डाटालाई डाटाबेसमा रहेको Privilege Protection Logic लाई बाइपास गरि डाटाबेसबाट संवेदनशील डाटा निकाल्न सक्दछन्। SQL Injection, Remote File Inclusion, Remote Code Execution जस्ता हमला यसमा पर्दछन् । केहि हमलामा युजरको वेब ब्राउजरबाट पनि  सिधै डाटा चोरी गर्न सकिन्छ । CSRF , XSS जस्ता हमला यसमा पर्दछन् ।  

Read More