अनलाइनका मालिकलाई कोरोना महामारीको फाइदा, बेजोसले थपे २४ अर्ब डलर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनका मालिकलाई कोरोना महामारीको फाइदा, बेजोसले थपे २४ अर्ब डलर

विश्वभर कोरोना भाइरस संक्रमणको कारण पछिल्लो समय अनलाइन किनमेल भइरहेको छ ।

अनलाइन किनमेलबाट अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको सयममा धेरै फाइदा लिइरहेको जनाइएको छ ।

अनलाइन किनमेल वृद्धि भएपछि अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसले आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपेका छन्।

बीबीसीका अनुसार माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ ।

बेजोससँग हाल एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ।

Read More