‘नेशनल पेमेन्ट गेटवे’ स्थापनाको प्रतिवेदन तयार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘नेशनल पेमेन्ट गेटवे’ स्थापनाको प्रतिवेदन तयार

बोर्ड र अर्थ मन्त्रालयको स्वीकृतिपछि सञ्चालन

 

काठमाडौं । नेशनल पेमेन्ट गेटवे स्थापनाका लागि अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएको छ । यसबारे अध्ययन गर्न गठित पाँच सदस्यीय समितिले तयार पारेको सो प्रतिवेदन गत साता केन्द्रीय बैंकको बोर्डमा पेश गरेको हो ।

बोर्ड बैठकले स्वीकृति दिएपछि अर्थ मन्त्रालय पठाइने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालले जानकारी दिए । अर्थ मन्त्रालयले समेत स्वीकृति दिएपछि सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए । तर, जारी लकडाउनका कारण बोर्डको बैठक बस्न सकेको छैन ।

राष्ट्र बैंकमार्फत नेशनल स्वीच स्थापना गर्न अर्थ मन्त्रालयले निर्देशन दिएपछि केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक सुवास घिमिरेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्यमा अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, सूचना प्रविधि केन्द्र र नेपाल बैंकर्स संघका प्रतिनिधि छन् ।

अध्ययन प्रतिवेदनले गेटवे सञ्चालनको प्रक्रियाबारे सुझाव दिएको छ । महालेखा नियन्त्रण कार्यालय, सूचना प्रविधि केन्द्रसँग मिलेर काम गर्ने मोडलसमेत समितिले सुझाएको छ । यसलाई बोर्डले पारित गरेलगत्तै स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइने कार्यकारी निर्देशक नेपालले बताए । सञ्चालन गर्दा केकस्ता अप्ठ्यारा छन् भन्नेसमेत अध्ययनले समेटेको छ । 

Read More