दुई वर्षको तलब, बोनस र गाडी पाएपछि कुमारी बैंकका दुई डेपुटीसहित २८ कर्मचारीले जागिर छाडे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दुई वर्षको तलब, बोनस र गाडी पाएपछि कुमारी बैंकका दुई डेपुटीसहित २८ कर्मचारीले जागिर छाडे

काठमाण्डौ । नेपालको बैंकिङ उद्योगमा हालसम्मकै आकर्षक भीएसआर प्याकेज(स्वेच्छिक अवकाश प्याकेज) पाइने भएपछि कुमारी बैंकका दुई डेपुटी सीइओसहित २८ उच्च कर्मचारीले जागिर छाडेका छन् । 

कुमारी बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी लगायतका उच्च कर्मचारीहरुले आकर्षक भीएसआरको स्किम रोज्दै जागिर छाडेका हुन् । 

बैंकले चाहिनेभन्दा बढी स्टाफ धानिरहेको थियो । मर्जरपछि ठूलो बनेको बैंकमा देवः विकास बैंक समेत गाभिन लागेपछि स्टाफहरुको संख्या अझै बढ्थ्यो । यही विषयलाई ध्यानमा राखी स्टाफ घटाउने उद्देश्यले बैंकले आकर्षक भीएसआर प्याकेजको घोषणा गरेको थियो । 

घोषित प्याकेज रोज्दै राजीव गिरी, उमेशसिंह भण्डारी लगायत २८ कर्मचारीले आवेदन दिएका थिए । उनीहरुको आवेदनलाई चैत ८ गते बैंकले स्वीकृत गरेको थियो । 

Read More