एफवन सफ्टको सेवाबारे बैंकहरू भयभित, सम्झाैता ताेड्न छलफल हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एफवन सफ्टको सेवाबारे बैंकहरू भयभित, सम्झाैता ताेड्न छलफल हुने

काठमाडौं । एफवन सफ्टसँगकाे सेवाबारे नेपाल बैकर्स एसोसिएसनले लडडाउन पछि छलफल गर्ने भएको छ । एक साता अगाडि अस्गर अलीको कम्पनीले अनाधिकृत रुपमा काम गरेको प्रमाण बाहिरिएपछि बैंकर्सहरू भयभित भएका हुन् । केही दिन अघि काठमाडौं प्रेस डट कमको समाचार डिलेट गरेपछि उक्त कम्पनीसँग डेभलपमेन्ट र सर्भर सम्झौता गरेका २१ वटा बैंकहरुले हुन् ।

यस विषयमा लडकडाउन पछि छलफल गर्ने छलफल भएको नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘बैकर्स एसोसिएसनकमा सूचना प्रविधि हेर्ने एउटा टिम नै छ,’ उनले भने ‘लकडाउन पछि यस विषयमा छलफल गर्ने कुरामात्रै भएको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञसमेत रहेका अस्गर अलीको लगानी रहेको एफवान सफ्टसँग २१ वटा बैंकहरुले सम्झौता गरेका छन् । एफवान सफ्ट अन्तर्गतको शिरान टेक्नोलोजिजले एक साता अगाडि काठमाडौं प्रेस डट कमको साइटमा प्रवेश गरी अनाधिकृत रुपमा एउटा समाचार डिलेट गरेसँगै बैंकरहरु अस्गर अलीसँग भएभित भएका हुन् ।

त्यस घटनासागै बैंकर्सहरुले एफवान सफ्टसँगको व्यवसायिक सम्बन्ध तोड्ने विषयमा छलफल गरिरहेको हो । यसैबीच नेपाल बैंकर्स एसोसिएसनको पहलमा भर्खरै एफवान सफ्ट कम्पनीबाट सेवा लिइरहेका बैंक तथा वित्तीय संस्था पनि यस विषयमा छलफलमा जुटेका हुन् ।

Read More