लक डाउनमा बैंकको विद्युतीय कारोबारमा दोब्बर वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लक डाउनमा बैंकको विद्युतीय कारोबारमा दोब्बर वृद्धि
काठमाडौं : लक डाउनको समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लक डाउनको दोस्रो सातामा ३५ अर्ब ६० करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार फछ्र्योट भएको छ । जबकी पहिलो सातामा मात्रै १८ अर्ब ६० करोड बराबरको कारोबारको फछ्र्योट गरिएको थियो । पहिलो साताको तुलनामा झण्डै दोब्बरले विद्युतीय कारोवारको फछ्र्यौट गरिएको हो । 
 
क्लियरिङ हाउसले हाल एनएचसीएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस र एनपीआइ गरी ५ वटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । त्यसमा नेपाल राष्ट्र बैंक लगायत प्रायः सबै बैंक वित्तीय संस्था आबद्ध छन् । सञ्चालनमा रहेका प्रणालीमध्ये इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसीएचएल–इसीसी) र अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आइपीएस) मा आजदेखि लक डाउनपूर्वको अवस्थाबमोजिमको समयसम्म क्लियरिङ गर्ने व्यवस्था गरिएको छ ।  
 
Read More