काठमाडौं– एनएमबि बैंकले चैत्र २७ गते बिहिवारका दिन प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।
एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईलाई मुख्य मन्त्रि कार्यालय बिराटनगरमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष हस्तान्तरण गरेका हुन ।






