नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल)बाट सञ्चालनमा रहेका प्रणालीहरुमध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ्ग (एनएचसिएल–इसिसी) र अन्तरबैंक भुक्तानी प्रणाली ( एनसिएचएल–आइपिएस) मा विहीबारदेखि समय थपिएको छ।
सोही व्यवस्थाअनुसार एनएचसिएल–इसिसीको रेगुलर सेसनमा दिनको १:३० बजेसम्म जम्मा गरिएका चेकहरु र एनसिएचएल–आइपिएसमा दिनको १:०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने बताइएको छ।
उक्त समय सिमापछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छौट हुने व्यवस्था गरिएको छ।
हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको छ।
लकडाउनको दोस्रो हप्तासम्म एनएचसिएल–इसिसी र एनसिएचएल–आइपिएस मार्फत् प्रत्येक दिन ११:३० बजे सम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो।





