काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार बिहान बाँडफाँट भएको छ । आईपिओको नतिजा फाईनान्सीयल नोटिसेस्को मोबाईल एप्स 'Financial Notics' (iOS) (Android) वा फाइनासन्सीयल नोटिसेस डटकममा हेर्न सक्नुहुनेछ । आइपीओमा आवेदन दिएका ३ लाख ९० हजार ६३८ जनाले सेयर पाएका छन् भने १० कित्ताका लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै सेयर पाएका छन् । यसैगरी, २० कित्ताका लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै सेयर हात पारेकमा छन् ।
त्यस्तै, ३० कित्ताका लागि आवेदन दिने १ लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता नै सेयर पाएका छन् भने ४० कित्ताका लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता नै सेयर पाएका छन् । ५० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता सेयर हात पारेका छन् ।
५० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनामध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता सेयर पाएका छन् । जम्मा जम्मी ७७ हजार २ सय ४५ जनाले ५० कित्तासम्म सेयर पार्न सफल भएका छन् । यस आइपीओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकामा ९ सय ८८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक आरबीबी क्यापिटलले जनाएको छ ।




