नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बुधबार चैत २६ गते बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बुधबार बिहान ७.३० बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको नेपाली पैसालाई जानकारी दिए । आइपीओ आरबीबी मर्चेन्ट बैंकिङकै कार्यालय, टेकुमा हुनेछ । यसअघि लक डाउनपछि बाँडफाँट गर्ने कार्यक्रम तय गरिएको थियो । तर, लक डाउन अवधि फेरि बढाइएपछि आवेदनकर्ताको माग बमोजिम लक डाउनकै समयमा पनि बाँडफाँट गर्नुपरेको बिक्री प्रबन्धकको भनाई छ । 

नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङका अनुसार यस आइपीओमा ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो । यो माग भन्दा ३.६८ गुणा धेरै आवेदन हो । यसमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।

...

Read More