डिजिटल बैंकिङ्ग कारोबार, कोरोनालाई छेकबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल बैंकिङ्ग कारोबार, कोरोनालाई छेकबार

हालैको कोरोनाभाईरस संक्रमणले विश्वको अर्थतन्त्रलाई तहसनहस पार्ने लक्षण देखिएको छ । विश्वका जतिसुकै शक्तिशाली वा महाशक्तिशाली देश हौं भनेता पनि ती देशहरुमाभएको शस्त्र अस्त्रलाई यो भाईरसले निस्तेज पारीदिएको छ । कतिपयले यो महामारीलाई तेश्रो विश्व युद्धको रुपमापनि शंज्ञा दिएका छन् । बन्दाबन्दी (Lock Down) लाई यो भाईसरबाट जोगिने एक उपयुक्त माध्यमको रुपमा अपनाइएको छ, किनभने यसको उपचार हाल सम्म पत्ता लागेको छैन । मानिसहरु घरभित्र बन्द रही बसेतापनि दैनिक जीवनको आवश्यकताहरु पुरा गर्न वाध्य हुनु परेको छ । मौज्दात राख्न मिल्ने खाद्य वस्तु पहिल्यै खरिद गरी संचित राखेको भएपनि मौज्दात राख्न नमिल्ने र पूर्वानुमान नगरिएका खर्चहरु गर्नै पर्ने अवस्था हाम्रो आज भोलिको दैनिक जीवनमा यद्यपी छ ।

बन्दाबन्दीको दिनहरु बढ्दै जाँदा दैनिक जीवनका आवश्यक वस्तुहरु पाउन असहज हुनु, संचय गरेको नगद रकम क्रमशः कमी हुँदै जानु, अस्वाभाविक खर्च व्यवस्थापनमा कठिनाई आउनु स्वाभाविक हो । बन्दाबन्दीको अवधि कति समयको रहन्छ भन्ने हामी पूर्वानुमान गर्न सक्ने अवस्थामा छैनौं । यो, जति जति लम्बिदै जान्छ, नगद व्यवस्थापनमा त्यती समस्या बढ्दै जाने र नगद पैसा आफैमा कोरोना भाईरसको संवाहक पनि हुन सक्ने संभावना त्यत्तीकै बढी छ । विश्व स्वास्थ्य संगठनले समेत कोरोना संक्रमण बढ्न नदिन नगदको कारोबारको सट्टा डिजिटल कारोबारमा जोड दिन संसारभरका मानिसहरुलाई अनुरोध गरेको छ । तर विडम्बना, हाम्रो वरपर हाल वस्तु तथा सामाग्रीहरु खरीद गर्दा नगद कारोबारको अत्याधिक प्रयोग भएको पाइएको छ । ती नगद नोट तथा सिक्काहरुले कतै कोरोना भाईरस बोकेर हातहात र घरघर त पुगेको छैन ? एक गम्भीर प्रश्न खडा भएको छ ।

Read More