कामना सेवाको डिजिटल संचालक समिति, बस्यो पहिलो बैठक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाको डिजिटल संचालक समिति, बस्यो पहिलो बैठक

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत सञ्चालक समितिको २८९औं बैठक सम्पन्न गरेको छ । 

बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।

बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्समार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गाको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए । 

...

Read More
  • MBL - below news