नेपाल पुनर्बीमाको आईपीओमा जनताको ४ अर्बभन्दा बढी रकम रोक्का


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल पुनर्बीमाको आईपीओमा जनताको ४ अर्बभन्दा बढी रकम रोक्का

चाँडो फुकुवा गर्न जोड

 

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा सर्वसाधारणको रू. ४ अर्बभन्दा बढी रकम रोक्का भएको छ । कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म विक्री गरेको आईपीओ बाँडफाँट हुन नसक्दा सर्वसाधारणको मागभन्दा बढीको रकम रोक्का भएको हो । 

कम्पनीले रू. १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता विक्री गरेको थियो । यसबाहेक ७३ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरूलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सर्वसाधारणले यस आईपीओमा रू. ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार बराबरको आवेदन दिएका छन्,जुन मागभन्दा रू. ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार बढी हो । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले दिएको जानकारी अनुसार उक्त रकम बराबरको आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका हुन् ।

...

Read More