कोरोनाबाट मृत्यु भए बिमा दाबी पाइन्छ


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कोरोनाबाट मृत्यु भए बिमा दाबी पाइन्छ

बिमा सेवा अत्यावश्यक सेवा भएकाले जीवन बिमा व्यवसाय गर्ने कम्पनीले जीवन बिमा सेवा सुचारु रूपमा सञ्चालन गरिरहेका छन्।


युनियन लाइफले अहिलेको जटिल अवस्थामा कसरी सेवा दिइरहेको छ ?

कोरोनाको त्रासका कारण बिमा गर्न आउनेहरू निकै कम छन्। हामीले सूचना जारी गरेर बिमा सुविधा लिनका लागि को कसलाई सम्पर्क गर्ने जानकारी दिइसकेका छौं।

अहिले युनियन लाइफलगायत अधिकांश जीवन बिमा कम्पनीले लकडाउनलाई मध्यनजर गरेर आ–आफ्ना स्टेट चिफ, डिपार्टमेन्ट हेडलाई चौबिसै घण्टा बिमा सेवा सुचारु गर्न भनेका छौं। हामीले कम्पनीको आधिकारिक वेबसाइटमा पनि यो विषय खुलाएका छौं।

बिमा सेवा अत्यावश्यक सेवा भएकाले जीवन बिमा व्यवसाय गर्ने कम्पनीले जीवन बिमा सेवा सुचारु रूपमा सञ्चालन गरिरहेका छन्। जीवन बिमा कम्पनीले बिमा सेवा सुचारु गर्दा कोभिड १९ भाइरसबाट कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीलाई पर्न सक्ने असरलाई न्यूनीकरण गर्न स्वास्थ्य सम्बन्धी आधारभूत सुरक्षाका उपयुक्त उपाय अवलम्बन गर्ने भनिएको छ।

कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले न्यूनतम कर्मचारीबाट बिमा सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाएका छौं। विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्ने म्याद थप गर्न बिमा समितिमा अनुरोध गरेका छौं। आवश्यक छलफल तथा परामर्श गरी उपयुक्त निर्णय लिँदै जानेछौं।

खासगरी बिमालाई संकटको बेलामा सम्झिने गरिन्छ, अहिलेको संकटबाट बिमासम्बन्धी सचेतना अभिवृद्घि हुने देख्नुहुन्छ?

निकै कम छ। हुन त संकटकै बेलामा हो बिमा सम्झिने। तर, अभिकर्ता बिना बिमा सचेतना गर्न गाह्रो छ। संक्रमणको बेलामा भीडभाड गर्ने कुरा पनि आएन। यस्तामा हामीले सचेतना अभिवृद्घि गर्न सकिरहेका छैनौं।

बिमा के हो भन्नेबारे हामीले धेरै सचेतना ल्याइसकेको छौँ । हामीले बिमा कम्पनीले ल्याउने ‘प्रडक्ट’बारे पनि सर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यकता छ । बिमा योजनाबारे यही क्षेत्रमा कार्यरत जनशक्तिसमेत द्विविधामा रहेको अवस्थामा सर्वसाधारणलाई यो विषय बुझाउन सकिँदैन । त्यसो हुँदा योजनाबारे सचेतना आवश्यक भएको हो ।

हामी बिमा कम्पनीले पनि बिमा भनेको अरूका लागि होइन, आफ्नो लागि हो, यो जीवनको निरन्तरताका लागि हो भनेर बुझाउनु जरुरी छ । बिमा गरेर ज्यानको बदलामा आर्थिक सुरक्षा मात्र दिने हो । भोलिका दिनमा बिमितको आर्थिक सक्षमता हराएको बेला अथवा आम्दानी नभएको बेला अरूमा परनिर्भर हुनुभन्दा आफ्नो बिमाको पैसाले आत्मनिर्भर भएर आफैँ खर्च गरेर बस्न आखिर त्यही बिमाले दिने हो । सामान्यतया अहिले हामीसँग भएका बिमा योजना ६५–७० वर्षका छन् । ७० वर्षको उमेरपछि बिमा परिपक्व भएर बिमितले पैसा पाउँछ । त्यो पैसाले बिमितले बाँकी जीवन आर्थिक रूपमा सबल भएर जीवनयापन गर्न सक्छ । त्यस कारण त्यो हिसाबले बिमा सचेतना फैलाउन सक्यौँ भने मात्र बिमाको सही सन्देश पुगेको हुन्छ । त्यो गर्ने क्रममा हामी लागिपरेका छौँ ।

कोभिड जस्ता संक्रामक रोगबिरुद्घ बिमा पोलिसी ल्याउन अर्थमन्त्रीले सुझाव दिएका छ्न्, के यो तत्काल सम्बोधन हुन सक्छ?

जीवन बिमाको हकमा त हामीले जोखिम बेहोरिहाल्छौं। कोरोना होस् वा अरु कुनै कारण, मृत्यु भएपछि पाउने नै भयो। तर, रोगव्याधीको लागि बिमा कम्पनीले जोखिम बहन गर्न सक्ने स्थिति छैन। सरकार आफैंले पनि उपचार र स्वास्थ्य क्षेत्रमा खर्च बेहोरिरहेको अवस्थामा हामीलाई त्यो जोखिम उठाउनुपर्ने जरुरी पनि छैन। तर, मृत्यु नै भएको खण्डमा जीवन बिमाले कभर गर्छ।

अहिले बजारमा धेरै प्लेयर हुँदा अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि ?

...

Read More
  • MBL