काठमाडौं । नेपाल पुनर्वीमा कम्पनीको आईपीओको बाँडफाँड अनिश्चित भएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्गले मागभन्दा बढी आवेदन परिसकेकाले गत शुक्रबार विक्री बन्द गरेको थियो । कुल एक अर्ब ६० करोड आवेदन माग भएकोमा साढे ५ अर्बभन्दा बढीको आवेदन परेको थियो ।
कम्पनीको आइपीओको आवेदन बन्द हुँदासम्म सबै वित्तीय संस्थाबाट आवेदन भर्नेको विवरण नआइसकेकाले कतिले आवेदन भरेभन्ने विवरण समेत पूर्ण नभएको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरप्रसाद रायमाझिले बताए । उनले भने, 'कम्पनीको आइपीओको आवेदन नसकिदै देशनै लकडाउनमा गएकाले अब १८ पछिको अबस्था कस्तो हुन्छ त्यसपछिमात्र आइपीओको बाँडफाँड कहिले हुने भन्न सकिने उनले बताए ।'
...




