विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन्। लकडाउनका कारण घरमै बस्नुपर्ने हुँदा केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ।
हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरी विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए। सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ।
एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए। एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ।
मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिन्छ। परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन्।
...





