मानसिक रोग विशेषज्ञको सल्लाह : कोरोना भाइरससँग सहजै लड्न सकिन्छ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मानसिक रोग विशेषज्ञको सल्लाह : कोरोना भाइरससँग सहजै लड्न सकिन्छ

कोरोना भाइरसको संक्रमण फैलिएसँगै विश्वका धेरै मुलुकका सहर ‘लकडाउन’मा छन् । ‘लकडाउन’का कारण मानिसलाई एक्कासि आफ्नो दैनिकीमा परिवर्तन ल्याउन अप्ठ्यारो परेको छ । घरभित्रै सुरक्षित रहे पनि दिन प्रतिदिन बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमण आफूसम्म आइपुग्ला कि भनेर मानिसलाई थप चिन्तित बनाएको छ ।  

लामो समय घरभित्रै बिताउँदा, रुटिनअनुसार चल्न नपाउँदा धेरै मानिसमा थप निराशा र एक्लोपन बढ्न सक्छ । यो अवस्था आउन नदिन हामीले एकान्तवासमा रहँदा–बस्दाका लागि समेत रुटिन बनाउन जरुरी छ, ता कि निराशा र चिन्ता नबढोस् ।  

आत्तिनुपर्ने स्थिति छैन 
हो, कोरोना भाइरस संक्रमणको विस्तार अझ तीव्र रूपमा हुँदै छ । तर, आत्तिहाल्नुपर्ने स्थिति भने होइन । किनभने कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८० प्रतिशतभन्दा बढी मानिस घरमै निको भएका छन् । संक्रमित भएकामध्ये करिब एक लाख मानिस निको भएर घर फर्किसकेका छन् ।

मानसिक रूपमा हामी जति सबल हुन्छौँ, हाम्रो शरीरमा रोग प्रतिरोधी क्षमता पनि उति नै बढ्छ ।

संक्रमितमध्ये १५ प्रतिशतभन्दा कम मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने स्थिति देखिएको छ । ३ देखि ५ प्रतिशत मानिसको अवस्था मात्रै गम्भीर छ । यीमध्ये कतिपयको मृत्यु भएको छ । 

कतिपयलाई त कोरोना भाइरसको संक्रमण भएको थाहा नहुन सक्छ । त्यसकारण संक्रमितबाट अन्य मानिस संक्रमण नहोस् भनेर लकडाउन गरिएको हो भन्ने कुरा दिमागमा राखाैँ । 
  
कोरोना भाइरसको खोप अहिलेसम्म बनिसकेको छैन । त्यसकारण कोरोना भाइरसविरुद्ध आफूलाई सुरक्षित गर्नु नै यो लडाइँमा हाम्रो पहिलो जित हुन सक्छ । त्यसकारण सुरक्षित तरिकाले दैनिकी बिताउनु नै अहिलेको प्राथमिकता हो । 

मानसिक रूपमा हामी जति सबल हुन्छौँ, हाम्रो शरीरमा रोग प्रतिरोधी क्षमता पनि उति नै बढ्छ । डरायौँ भने मानसिक र शारीरिक दुवै रूपमा कमजोर हुन्छौँ । त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख प्रा. डा. सरोजप्रसाद ओझा भन्छन्, ‘दिमागमा हुने रसायनहले शारीरिक क्रियाकलापलाई सक्रिय पार्छन् । ती रसायनको मात्रा कम वा बढी भयो भने शारीरिक असन्तुलन बढ्छ । र, मान्छे कमजोर हुन्छ ।’ 

तर, यदि कोरोना भाइरसको प्रकोपले सिर्जना गरेका त्रासको वेला मानसिक रूपमा सबल बन्न सक्यौँ भने भाइरसको संक्रमण भए पनि हाम्रो शरीरले त्यसको प्रतिरोध गर्न सक्छ । 

कोरोनाको संक्रमणमा विस्तार भएसँगै स्वस्थ मानिसलाई आफूलाई पनि संक्रमण हुने हो कि भनेर डर लाग्नु स्वाभाविक हो । तर, यो स्थिति सधैँ रहँदैन । रातपछि दिन आउँछ भनेझैँ यो कठिन स्थिति पनि लामो समय रहँदैन । यो संकटबाट पार पाउन विश्वभरका स्वास्थ्य वैज्ञानिक अहोरात्र खटिएका छन् ।

अहिलेको भन्दा ठूला महामारी विश्वले विगतमा भोगेको छ र त्यसबाट पार पनि पाएको छ । कोरोना भाइरसको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ ।  

डा. सरोज ओझा भन्छन्, ‘जसरी परीक्षा दिन जाँदा हामी एकछिन डराउँछौँ, त्यस्तै हो– अहिलेको अवस्था पनि । त्यसकारण आत्तिने र नकारात्मक कुरा सोच्ने होइन,  सकारात्मक कुरा सोच्ने र सुरक्षात्मक उपाय अपनाउनेमा आफूलाई केन्द्रित गर्नुपर्छ ।’ 

दिमागमा रहेको कोरोना हटाऊँ  

...

Read More
  • MBL - below news