कोरोना भाइरसको सम्भावित महामारीको परिस्थितीलाई ध्यानमा राखेर एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र विदा काउन्टर यथावत संचालन गरेको छ।
कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने विदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।
यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूका सेवा बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउन्टरहरू आज (चैत १०) देखि बन्द भएको छ।
...








