कोरोनाको सन्त्रासले नआत्निुस् : घरमै बसेर लिन सकिन्छ उल्लेखित बैंकिङ सेवाहरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोनाको सन्त्रासले नआत्निुस् : घरमै बसेर लिन सकिन्छ उल्लेखित बैंकिङ सेवाहरु

बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग एवम् विकासले ठूलो चमत्कार नै ल्याएको छ । प्रविधिका कारण घरमै बसेर सम्पूर्ण कारोबार गर्न सकिने भएको छ । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सहज बनेको छ । लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता हटेको छ । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ भने आफ्नो खातामा भएको पैसा हेर्न बैंक सम्म पुग्नुपर्ने अवस्था पनि हटेको छ । यसले खर्च र समयको बचत भएको छ । बैंकिङ कारोबारमा संलग्न पक्षहरुको सहजता एवम् सुरक्षाका लागि बैंकहरुले संचालनमा ल्याएका सुविधाहरुका बारेमा यहाँ चर्चा गरिन्छ

एटिएम मेसिन
नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । तर, छोटै अवधिमा पनि एटीएमले लोकप्रियता कमाएको छ । यसमार्फत जुनसुकै समयमा पनि एउटा कार्ड छिराएको भरमा आफ्नो खाता रहेको पैसा निकाल्न सकिन्छ ।

डेबिट कार्ड
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम ९अटोमेटेड टेलर मेसिन०बाट नगद निकल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ ।

Read More