इन्टरनेट र मोबाइल बैंकिङ कारोबारको सीमा बढ्यो, डिजिटल वालेटको सीमापनि वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेट र मोबाइल बैंकिङ कारोबारको सीमा बढ्यो, डिजिटल वालेटको सीमापनि वृद्धि

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले भुक्तानीको सिमा बढाएको छ।  नगद तथा बैंकको कार्यलयमै पुगेर कारोबार गर्दा कोरोना संक्रमण बढ्न सक्ने बिषयलाई मध्यनजर गरेर राष्ट्र बैंकले मोबाइल, इन्टरनेट बैंकिङ तथा मोबाइल वालेटको माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको हो। 

राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागले आइतबार एक परिपत्र जारी गर्दै  डिजिटल कारोबारमा भुक्तानी सिमा बढाएको जानकारी दिएको हो।

संसोधित व्यवस्थाअनुसार मोबाइ बैंकिङ ९क्युआर कोण समेतबाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाखबाट बढाएर १० लाख पुर्‍याईएको छ। 

त्यस्तै मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख पुर्याइएको छ। यसअधि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै थियो।

त्यस्तै इसेवा लगायतका वालेटबाट गरिने कारोबार रकमको पनि सिमा बढाईएको छ। अब प्रतिकारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिनेछ। यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था थियो। तर वालेटमा अधिकतम २५ हजार भन्दा बढी रकम राख्न पाइनेछैन भने वालेटबाट वालेट बाहकको बैंक खातामा रकम ट्रान्सफर गर्दा कुनै सीमा लाग्ने छैन। 

Read More