कोरोना भाईरसबाट संसार नै पिडित छ । नेपाल सरकारले पनि सम्भावित भयावह स्थितिको अनुमान गरी अत्यावस्यकबाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गते सम्म बन्द गरेको छ । बीमा कारोबारलाई अत्यावस्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ । मानिसको जिवनमा भबिष्यमा आइपर्ने जोखिम कै लागि बीमा गर्नुपर्ने भएकोले यो संकटको घडिमा भागेर कायर हुनुभन्दा सुरक्षित पनि हुनु र बीमा कारोबारको उचित ब्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । त्यसको लागि भोलिबाट निम्न उपाय अपनाउन सल्लाह दिन्छु ।
१) कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने,मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १/१ घण्टामा साबुन पानीले हात धुन लगाउने ।
२) कार्यालयका कर्मचारिलाई १/१ घण्टामा तातो पानी, चिया, कफि उपलब्ध गराउने ।
३) कार्यालयमा भेटन सेवाग्राहि र ग्राहक आउँदा भेट्ने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरि राखी भेटबार्ता गर्ने । अन्य कोठा कोठामा जान नदिने ।
४) आउने ग्राहक र सेवाग्राहीलाई गेटमा नै ज्वरो नापी मास्क लगाई 'सेनिटाईजर' लगाएर मात्र गेटभित्र आउन दिने।
५) बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहकसँग छलफल वा भेटघाट नगर्ने ।
...








