इन्टरनेट प्रयोग ३० प्रतिशत बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेट प्रयोग ३० प्रतिशत बढ्यो

काठमाडौँ — कोभिड–१९ को डरले घरमा बस्ने क्रम बढेसँगै तीन दिनयता इन्टरनेट ब्यान्डविथ प्रयोग ३० प्रतिशतसम्म बढेको छ । ब्यान्डविथ खपत बढ्दै गएपछि सेवाप्रदायकको क्षमताभन्दा बढी माग हुन थालेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

‘केही दिनयता इन्टरनेट ब्यान्डविथको खपत २५–३० प्रतिशत बढेको छ,’ उनले भने, ‘जसका कारण सेवाप्रदायकलाई माग धान्न गाह्रो हुने स्थिति छ ।’ कोरोना त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएको, संक्रमणबाट बच्न मानिस घरमै बस्न थालेको र धेरै कार्यालयले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएपछि ब्यान्डविथ खपत बढेको सेवा प्रदायकको विश्लेषण छ । इन्टरनेटमा कोभिड–१९ प्रभाव परेपछि सेवा प्रदायकहरूको बैठकले शुक्रबार उपभोक्तालाई संयमित भएर इन्टरनेट प्रयोगको अनुरोध गर्ने निर्णय गरेको छ ।

Read More