इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शूल्क नलाग्ने भएको छ।
बिहीबार रातीदेखि अप्रिल ३० सम्म लागू हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शूल्क नलाग्ने बताइएकाे हाे।
इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यसअघि नै निशूल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निःशूल्क बनाइएको हो।
यसले ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ।
इसेवा नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी हो।
इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शूल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शूल्क भुक्तानी गर्न सकिन्छ।





