काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा आवेदन दिने आज शुक्रबार (चैत ७ गते) अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङका अनुसार शुक्रबार बिहान १० बजेसम्ममा यस आइपीओमा ४ करोड ४४ लाख ९६ हजार ४८० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा २.९४ गुणा धेरै आवेदन हो । यसमा ३ लाख ३४ हजार ३९८ जनाले आवेदन दिइसकेका छन् ।
कम्पनीले मंगलबार चैत ४ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल पुँजी १० अर्बको १६% ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ५% ले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।




