शेयर शिक्षाः अनलाईन कारोबार गर्न कसरी लिने युजरनेम र पासवर्ड?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयर शिक्षाः अनलाईन कारोबार गर्न कसरी लिने युजरनेम र पासवर्ड?

सरकारले बुधबार २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुन निर्देशन दिएको छ। यससँगै नेपाली धितोपत्र बजार प्रभावित भएको छ। केही लगानीकर्ताहरु केही समयका लागी बजार बन्द गर्न माग गर्दै नियामक निकाय पुगेको छन्।

लगानीकर्ताहरुको मागलाई सकारात्मक रुपमा लिएपनि सरकार र नियामक निकाय पूर्ण रुपमा बजार बन्द गर्ने मनस्थितिमा भने देखिएको छैन। बजार खुला रहँदा ब्रोकर कार्यालय नगई कारोबार गर्न अनलाईन प्रणाली उपयुक्त विकल्प हुन्छ।

अहिले दोस्रो बजारमा दैनिक ६० प्रतिशत लगानीकर्ताहरुले नेप्सेको अनलाईन प्रणाली मार्फत कारोबार गरिरहेको नेप्सेले बताएको छ। बाँकी ४० प्रतिशत लगानीकर्ताहरु अझै पनि ब्रोकर कार्यालय गई कारोबार गरिरहेका छन्। अब ती लगानीकर्ताहरुले पनि अनलाईन प्रणाली प्रयोग गरि कारोबार गर्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ। अनलाईन प्रणाली प्रयोग गर्न लगानीकर्ताले युजरनेम र पासवर्डको आवश्यकता पर्दछ।

  • कसरी लिने युजरनेम र पासवर्ड?

अनलाइन कारोबार गर्न यूजर नेम र पासवर्ड लिनका लागि ब्रोकर कार्यालयमा गएर अनलाइन खाता खोल्नुपर्छ। युजर नेम र पासवर्ड लिनका लागि आधिकारीक परिचय पत्र सहित ब्रोकर कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

यूजर नेम र पासवर्ड लिने व्यक्ति र ब्रोकर कार्यालय बिच एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्दछ। सम्झौता पत्रमा हस्ताक्षर भइसकेपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरण (केवाईसी) फारम भर्नुपर्छ।

Read More