काठमाण्डौ । बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्तसम्मका लागि मिनाहा गरिने व्यवस्था गरेको छ ।
मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टरनेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएस इपेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
...





