कोरोना त्रासले विभिन्न मुलुकमा ‘नोट’ प्रचलन हट्दै, नेपालमा के हुँदैछ तयारी ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोना त्रासले विभिन्न मुलुकमा ‘नोट’ प्रचलन हट्दै, नेपालमा के हुँदैछ तयारी ?

काठमाण्डौ । कागजी नोटबाट कोरोनाभाइरसको संक्रमण फैलिने त्रासले विश्वका विभिन्न देशहरुले नगद कारोबार कम गर्न आफ्ना नागरिकलाई निर्देशन दिएका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि नोटबाट कोरोनाको संक्रमण फैलन सक्ने भएकाले सम्भव भएका ठाउँहरुमा नगदरहित कारोबार गर्न सुुझाव दिएको छ। यसअघि कोरोनाको संक्रमणमा परेका नोटलाई चीन सरकारले नष्ट गरिसकेको छ। दक्षिण कोरियाले पनि नोटहरुलाई दुई सातासम्म क्वारेनटाइनमा राख्ने नीति लिएको छ। 

डब्लूएचओका अनुसार कोरोनाभाइरस सामान्य अवस्थामा नोटमा ९ दिनसम्म जीवित रहने गर्दछ। 

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले पनि एसिया र युुरोपबाट आउने नोटलाई न्यूनतम १० दिनसम्म होल्ड गरेर डिस्इन्फेक्डट गरिरहेको छ। पहिले यो अवधि जम्मा ५ दिनको थियो। 

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि सरकारसँग सहकार्य गर्दै जनतालाई डिजिटल कारोबार गर्न जोड दिएको छ।  

Read More