आईपिओ भर्दै हुनुहुन्छ ? यी १४ कुरामा दिनुस् ध्यान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपिओ भर्दै हुनुहुन्छ ? यी १४ कुरामा दिनुस् ध्यान

संगठित संस्थाहरुले आफ्नो पुँजीको आवश्यकता पुरा गर्न सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री गर्दछन् । यसले लगानीकर्ताहरु लाई लगानीको अवसर प्रदान गर्नुका साथै उनीहरुलाई व्यवसाय सञ्चालनबाट प्राप्त मुनाफामा सहभागी हुन सक्ने अवसर प्राप्त हुन्छ । एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई विवरणपत्र प्रकाशन गरी साधारण सेयर बिक्री गरिने विधिलाई प्रथम सार्वजनिक निष्कासन (आइपिओ) भनिन्छ।

सर्वसाधारणलाई आइपिओ निष्काशन गर्नु अगाडी कम्पनीले सूचना आह्वानपत्र मार्फत सूचना जारि गर्छ । त्यसगरी कम्पनीले आफ्नो कम्पनीको सम्पूर्ण विवरण, आईपिओ निष्काशनको प्रयोजन, उठेको रकमको उपयोग लगायतका विषय समेटेर विवरणपत्र सार्वजनिक गर्छ । 

आईपिओमा आवेदन दिने लगानकर्ताले आह्वानपत्र र विवरणपत्रको अध्ययन गरेर मात्र लगानी गर्ने निर्णय लिनु पर्छ  ।  

आईपिओमा आवेदन दिंदा अरु के के कुरामा ध्यान दिने ? 

१. आवेदकले सि—आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत मात्र आवेदन दिनु पर्छ ।

२. आवेदकले आवेदन दिनु पूर्व आफ्नो खाता रहेको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा गई “धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतिय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४” को अनुसूची ४ बमोजिमको सि—आस्वा रजिष्ट्रेशन फारम भरी CRN नं. लिनु पर्छ ।

३ . आवेदकको बैंक खातामा भएको विवरण र अनुसूची ४ मा उल्लेख गरेको विवरण मिल्नु पर्छ ।

४. आवेदकले CRN  नं. प्राप्त गरेपश्चात शेयर खरिदका लागि तोकिएको ढाँचामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा धितोपत्र खरिदका लागि आवेदन दिनु पर्छ ।

५  आवेदकले आवेदनमा उल्लेख गरेको हितग्राही परिचय नं. र अन्य विवरण सि—आस्वा सफ्टवेयरमा रहेको आवेदकको हितग्राही खाता र अन्य विवरणसँग रुजु हुनु पर्छ।

६ . आवेदकले आवेदन फारम बुझाउँदा देहायका कुराहरुमा विशेष ध्यान दिई स्पष्ट सँग आवेदन फारम भरी बुझाउनु पर्नेछः

क. धितोपत्र निष्काशनकर्ता कम्पनीको नाम ।

ख. आवेदकको नाम, थर, ठेगाना, नागरिता नं., दरस्तखत, सम्पर्क फोन नं., इमेल ।

ग. नावालक र विक्षिप्त व्यक्तिको हकमा संरक्षकको नाम, थर र नाता ।

घ. खरिद गर्न चाहेको धितोपत्रको संख्या (अंक र अक्षरमा) ।

ङ. खरिद गर्न चाहेको धितोपत्र बापतको रकम (अंक र अक्षरमा) ।

च. आवेदकको खाता रहेको बैंक÷वित्तीय संस्थाको नाम, ठेगाना, खाता नं. र खाताको किसिम ।

छ. आवेदकको हितग्राही (डिम्याट) खाता नम्बर ।

७. आवेदकले आवेदन दिँदा सि—आस्वा सदस्य बैंक÷वित्तीय संस्थाहरुमा रहेको आवेदन बापतको रकम रोक्का राखिने खाता अन्य कुनै प्रकारले रोक्का रहेको वा निष्कृय (Dormant) रहेको हुनु हुँदैन ।

....

Read More
  • MBL - below news