नौ हजार चार सय ९४ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नौ हजार चार सय ९४ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा

काठमाडौं । सरकारले देशभरका नौ हजार चार सय ९४ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याएको छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी अघि बढेको उक्त परियोजनामा कुल १६ हजार ६ सय १ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने लक्ष्य सहित राखिएको छ ।

१८ प्याकेजमध्ये १५ स्थानमा सम्झौता भएर कार्य सम्पादन अघि बढेको हो । सम्झौता भएका १५ प्याकेज एरियामा ११ वटामा इन्टरनेट जडान कार्य सम्पन्न भएको छ भने वाँकी चार प्याकेज क्षेत्रमा इन्टरनेट जडान कार्य अघि बढिरहेको नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । 

देशका सम्पूर्ण स्थानीय तहको पाँच हजार नौ सय ५२ वडा कार्यालय, पाँच हजार पाँच सय ९७ सामुदायिक विद्यालय, चार हजार तीन सय ५१ सामुदायिक स्वास्थ्य केन्द्रका सो सेवा विस्तार गर्ने प्राधिकरणको योजना हो । सोही अनुरुप सम्झौता भएको प्याकेज क्षेत्रमा ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनले जानकारी दिए ।

Read More