कारबाहीमा पर्ने म्यानपावरको सङ्ख्या बढेमा प्राइम बैङ्कले हात उठाउनुपर्ने बेला आउन सक्छ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कारबाहीमा पर्ने म्यानपावरको सङ्ख्या बढेमा प्राइम बैङ्कले हात उठाउनुपर्ने बेला आउन सक्छ

कुमारप्रसाद दाहाल वैदेशिक रोजगार विभागमा महानिर्देशकका रूपमा सरुवा भई आएको करिब १ महिना भयो । यो एक महिनाको अवधिमा उनले दर्जनभन्दा बढी स्टिङ अपरेसन गरे भने २ वटा म्यानपावर कम्पनीको धरौटी जफत गरिएको छ । अर्को एउटा म्यानपावरको धरौटी जफतको प्रक्रियामै रहेको छ । 

कामदारबाट रकम असुल्ने तर नपठाएर ठगी गर्ने, विदेशमा कामदार अलपत्र पार्ने आदि म्यानपावर कम्पनीहरुमाथि कारबाही मात्रै होइन, ठगी गरेको रकम फिर्ता गर्न तथा उनीहरुलाई उद्धार गर्नका लागि पनि वैदेशिक रोजगार विभागले तीव्रता दिएको छ । जसका कारण यतिबेला वैदेशिक रोजगार विभागमा ठगिने व्यक्ति र विदेशमा काम गर्नेहरुको उजुरी दिनानुदिन बढ्दै गएको छ ।

यसको मतलब वैदेशिक रोजगारीको ठगी अब पहिलेजस्तो सामान्य छलफल गराएर टुङ्गिने भन्ने छैन । आवश्यक पर्दा विदेशबाटै उद्धार गरेर ल्याउने र नेपालमै विदेश पठाइदिन्छु भनेर नपठाउने र ठगी गर्ने म्यानपावर कम्पनीहरुमाथि वैदेशिक रोजगार विभाग आक्रामक रूपमा प्रस्तुत भएको छ ।

Read More
  • MBL - below news