काठमाडौं- लक्ष्मी उन्नति कोषले ८ करोड इकाइ चैत ९ गतेदेखि बिक्री गर्न लागेको छ । योजनाले निष्कासन गर्ने कुल इकाइमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखेको छ ।
सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाइका लागि चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा योजनाका सबै कित्ता इकाइ बिक्री नभएमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लक्ष्मी बैंकको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाको इकाइमा प्रतिइकाइ १० रुपैयाँमा न्यूनतम १ सय कित्ता र अधिकतम ८० लाख कित्तासम्म आवेदन दिन सकिन्छ । लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धकमा रहेको छ । यस क्यापिटलद्वारा लक्ष्मी भ्यालु फन्ड १ र लक्ष्मी इक्वटी फन्ड–१ सञ्चालन भइरहेको छ ।




