माइक्रोफाइनान्स कम्पनीमध्ये हालसम्मकै ठूलो आइपीओ निश्कासनको अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
माइक्रोफाइनान्स कम्पनीमध्ये हालसम्मकै ठूलो आइपीओ निश्कासनको अनुमति

काठमाण्डौ । दोश्रो बजारमा महङ्गो मूल्यमा खरीदबिक्री हुने लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता रु. १०० मै पाउने अवसर पाइने भएको छ । धितोपत्र बोर्डले एनआइसी एशिया लघुवित्त वित्तीय संस्थालाई ४७ लाख ५५ हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएसँगै यो अवसर जुरेको हो ।  

बोर्डको स्वीकृतिसँगै एनआइसी एशिया बैंक लिमीटेडको सहायक कम्पनीको रुपमा रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले निकट भविष्यमै आइपीओ निश्कासन गर्नेछ । 

कम्पनीले प्रतिकित्ता रु. १०० रुपैयाँ दरले कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट जुटाउनका लागि  आइपीओ निश्कासन गर्नेछ ।  

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ । 

यो वित्तीय संस्थाको दुई महिनाअघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासन गरी सर्वसाधारणबाट पूँजी जुटाउने निर्णय गरेको थियो। 

Read More