देश डिजिटल युगमा, बीमा समिति अझै पनि पुरानै ढड्डामा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
देश डिजिटल युगमा, बीमा समिति अझै पनि पुरानै ढड्डामा

पुरानो संरचनामा बनेको दुई तले घर । दुई तलामाथि अर्को तला टिनले बारेको । कार्यालय प्रवेश गर्ने वित्तीकै अस्त व्यस्त रुपमा देखिने पुरानै शैलिका फाइलहरु । संस्थामा कार्यरत कर्मचारीका प्रत्येक क्याविनमा उस्तै रुपमा अलपत्र देखा पर्ने उही पुरानै शैलीका फाइलहरु । 

यो शैलीमा चलेको संस्था हो नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको कार्यालय । विज्ञान र प्रविधिको युगमा अन्य निजी, सरकारी तथा गैर सरकारी कार्यालयहरु डिजिटल बन्न पुगेका छन् । प्रविधिमैत्री कार्यालयको रुपमा चिनिन्छन् । तर, बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति भने पुरानै ढड्डामा अल्झिएर बसेको देखिन्छ । 

समिति र बीमा कम्पनी प्रत्यक्ष रुपमा जोडिनका लागि समितिसँग कुनै पनि किसिमको सफ्टवेयर छ्रैन् । जसले गर्दा बीमा कम्पनीहरुले पठाएको हरेक किसिमको विवरण समितिका कर्मचारीले  'म्यानुअल्ली' एक्सेल सिटमा भर्नु पर्ने बाध्यता रहेको छ । बीमा समिति र बीमा कम्पनी एकिकृत रुपमा जोडिने सफट्वेयर नहुँदा बीमा कम्पनीहरुले मेलमा तथ्याङ्क पठाउने गर्दछन् । जसका कारण एउटै कामका लागि लामो समय खर्चिनु पर्ने बाध्यता रहेको समितिमा कार्यरत कर्मचारी बताउँछन्।

यतिमात्र नभई बीमा समितिका रहेका बिभिन्न बिभागका कर्मचारीले प्रयोग गर्ने कम्प्युटरबीच ुइन्टिग्रेशन छैन जसले गर्दा एकै बिभागका कर्मचारीबीच समेत सूचना तथा डाटा लिने दिने कुरामा समन्यवको अभाव देखिएको छ। 

नेपालमा पुनर्बिमा सहित ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका ती बीमा कम्पनीहरुको एक मात्र नियमकारी निकाय बीमा समिति स्थापनाको लामो समय भईसक्दा पनि पुरानै शैलिमा चलेको देखिन्छ । स्थापना भएको यति लामो समय भईसक्दा पनि समितिको आफ्नै भवन समेत छैन् । ‘समितिसँग अहिले कृषि र बीमा एजेन्टको सफट्वेयर मात्रै छ, अहिले कम्पनीहरुले मेल मार्फत नै तथ्याङ्कहरु पठाउने गर्दछन् । ’ बीमा समितिका सुचना अधिकारी निर्मल अधिकारिले भने । 

पुरानै शैलीमा काम गर्ने प्रवृतिले आफुहरुलाई काम गर्न असहज भएको समितिका कर्मचारीहरुको गुनाँसो छ । प्रविधिको युगमा पनि समिति पुरानै काम गर्ने शैलीमा चलेको उनीहरुको भनाई छ । लामो समयदेखि समितिमा कर्मचारीको रुपमा काम गर्दै आएका एक कर्मचारीले बीमा कम्पनीबाट विभिन्न कामका लागि आएका फाइलहरु देखाउँदै भने, कम्पनीबाट यसरी फाइल आउँछन् । यी फाइलहरुलाई व्यवस्थित गर्न निकै लामो समय लाग्छ । ‘यदि कम्पनी र समितिलाई जोड्ने एकिकृत सफट्वेयर भएको भए काममा सहजता आउथ्यो होला’ ती कर्मचारीले भने । 

बल्ल एकिकृत सफट्वेयरको प्रक्रिया अघि बढाउँदै समिति 

...

Read More