कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापत्रअनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शूल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाइने छ।

हालसम्म कुमारी बैंकले १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट सेवा दिदैं आइरहेको छ।

Read More