किन चलेन मेरो सेयर ? आइपीओ भर्न नपाएपछि लगानीकर्ता रन्किए


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किन चलेन मेरो सेयर ? आइपीओ भर्न नपाएपछि लगानीकर्ता रन्किए

काठमाडौं : मंगलबार कार्यालय समय खुलेदेखि मेरो सेयर एप तथा सफ्टवेयरले काम गरेको छैन । जसका कारण मंगलबारदेखि आइपीओ खुलेको नेपाल पुनर्बिमा कम्पनीको सेयर सर्वसाधारणले भर्न सकेका छैनन् । सेयर भर्न नपाएपछि सर्वसाधारण लगानीकर्ता भने रुष्ट भएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको मेरो सेयर सफ्टवेयरमा प्रयोगकर्ता चापका कारण समस्या भएको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले प्रयोगकर्ताको एकै साथ निकै ठूलो चाप परेका कारण मेरो सेयर सफ्टवेयरमा समस्या आएको बताए । उनले भने, ‘प्रयोगकर्ता एकैपटक अत्याधिक बढेकाले समस्या आएको हो । समस्या समाधानका लागि काम भइरहेको छ । केही समयपछि समस्या समाधान हुनेछ ।’ ...

Read More