एनआईसी एशियाको स्वामित्वमा रहेको सूर्या लाईफको संस्थापक शेयर पुनः लिलामीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशियाको स्वामित्वमा रहेको सूर्या लाईफको संस्थापक शेयर पुनः लिलामीमा

चैत ४, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर पुनः लिलामीमा विक्री हुने भएको छ । बैंकले ३९ हजार १०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । बैंकले मंगलवार सूचना प्रकाशित गरी उक्त संस्थापक शेयर लिलामीमा विक्री हुने जानकारी दिएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ९ दिनभित्र बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकको कर्पोरेट तथा शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

Read More
  • MBL - below news