वित्तीय साक्षरता नहुँदा उत्पादन क्षेत्रमा लगानी अभाव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय साक्षरता नहुँदा उत्पादन क्षेत्रमा लगानी अभाव

जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएका छन् । बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदि हुँदै गएको छ । सहकारी तथा वित्तीय संस्थाहरुको माध्यमबाट महिलाहरु वित्तीय पहुँचमा अगाडि छन् । बचत गर्ने, ऋण सापटी लिने, मासिक किस्ता बुझाउने लगायतका काममा महिलाकै बढी अग्रसरता छ ।
महिलाहरु हजारौँ  रुपैयाँ बचत गरिरहेका छन् भने, व्यवसायका लागिसमेत लाखौं रुपैयाँ ऋण समेत लिइरहेका छन् । तर अहिलेसम्म समूह सहकारी लगायत अन्य वित्तीय क्षेत्रको बजेट उत्पादनमुखी क्षेत्रमा लगानी नभएको पाइएको छ ।

आइतबार जुम्लामा आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए ।
“सहकारीमा बचत पनि गरेका छौं, ऋण पनि लिन्छौं, तर आम्दानी देखिँदैन ।” चन्दननाथ सहकारीमा आवद्ध बेलु चनाराले भनिन्, “कतिपय अवस्थामा सावाँ ब्याजबारे पनि हामीलाई जानकारी हुँदैन ।” कर्णालीका अधिकांश महिलाहरु वित्तीय साक्षरता नभएकै कारण सामान्य हिसाब किताब राख्न पनि नसक्ने अवस्थामा छन् ।
महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाबकिताब राख्न सक्ने, आफ्नो बचत कति, ऋण कति ? उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुको आवश्यकतालगायतका विषयमा ग्रामिण महिलालाई सिकाइएको छ । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताइन् ।

Read More
  • MBL - below news