काठमाडौं- रामेछाप घर भएका काठमाडौंको बानेश्वरमा वस्ने स्यामप्रसाद न्यौपाने आइतबार एनआइसी एशिया क्यापिलटमा भेटिए । न्यौपाने 'मेरो शेयर' सेवाको लागि निवेदन दिन आएका हुन । न्यौपानेले आफ्ना ४ जना परिवारको लागि 'मेरो शेयर' सेवा लिन आएको सुनाए ।
रामेछापको न्यौपाने जस्तै झापा घर भएका कृष्ण प्रसाद देवकोटा पनि हतारमा एनआइसी एशिया क्यापिटलमा थिए । अफिसको खाजा खाने समयमा आएका देवकोटा पनि 'मेरो शेयर' सेवाको लागि आवेदन दिन आएको सुनाए । न्यौपाने र देवकोटा जस्तै 'मेरो शेयर' र डिम्याट खाता खोल्ने हिजोआज एनआइसी एशिया क्यापिटलमा लगानीकर्ताको भिड लाग्ने गरेको छ । एनआइसी एशिया क्यापिटलमात्र होइन अरु सवै क्यापिटिलमा लगानीकर्ताको भिड लागेको छ ।
लगानीकर्ता क्यापिटलमा भिड लाग्नेको मुख्य कारण एउटै हो नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) । लामो समयपछि लगानीकर्ताको पर्खाइमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आइपिओको लागि लगानीकर्ता आफ्नो मात्र नभई स- परिवारको शेयर भर्नको लागि डिम्याट खाता र 'मेरो शेयर' सेवा लिन क्यापिटलमा भिड लागेको हो ।




