काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट (सीआईटी) को संस्थापक समूहको सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत आज आइतबारदेखि बिक्री खुलाएको छ।
बैंकले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ६६ हजार ३२ कित्ता संस्थापक समूहतर्फबाट सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री खुलाएको हो। यो बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुहबाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन सक्ने छैनन्।
बोलपत्र पेस गर्नका लागि सेयरको न्यूनतम मूल्य प्रतिकित्ता सेयर १ हजार ७०० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम १ लाख ६६ हजार ३२ कित्ताका लागि आवेदन दिन सकिनेछ।








