राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ गण्डकीमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ गण्डकीमा

काठमाडौं -राष्ट्रिय वाणिज्य बैंकले स्नातक तहमा अध्ययरत तथा अध्ययन पूरा गरी बैंकिङ क्षेत्रमा रोजगारीको खोजीमा रहेका युवाका लागि तालिम दिने उद्देश्यले सञ्चालन गर्दै आएको ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ गण्डकीमा पनि सुरु गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने युवालाई लक्षित गरी सञ्चालित कार्यक्रममा वित्तीय क्षेत्रसँग सम्बन्धित तालिमसँगै उत्कृष्टलाई रोजगारीसमेत व्यवस्था गरिने बैंकले जनाएको छ ।
बंैकले चौथो चरणअन्तर्गत शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी गण्डकीमा कार्यक्रम सुरु भएको जानकारी दिएको हो ।
फाइनान्सियल ट्रेनिङ सेन्टरका रूपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको एकेडेमीबाट युवा वर्गले लाभ लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन आइतबारदेखि १० चैतसम्म बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने बताइएको छ । गण्डकी प्रदेशअन्तर्गत स्नातक र स्नाकोत्तर उत्तीर्ण कुनै काममा आबद्ध नभएका युवा मात्र तालिममा सहभागी हुन पाउने लम्सालले जानकारी दिए ।

Read More
  • MBL - below news