आईपे रेमिट प्राली नेपाल क्लियरिङ हाउस लिमिटेडको एनसिएचएल–आइपिएस र कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भएको छ।
यो व्यवस्थाअनुसार आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट इपिएस ई–पेमेन्ट प्रणालीमार्फत 'रियल टाइम'मा र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसिएचएल–आइपिएसमार्फत तोकिएको समयमा कारोबारहरु गर्न सकिन्छ।
एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहज बनाइरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार रहेकाे बताइन्छ।





