काठमाडौं : प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि रेटिङ गराएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ । बैंकले ८ बर्ष अवधिका लागि १ हजार रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा २१ लाख कित्ता व्यक्तिगत र बाँकी १४ लाख ( सामूहिक लगानी कोष समेतको ) कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।
यसमा १०.५% ब्याजदर तोकिएको छ । बैंकले ऋणपत्र लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङलाई नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्कासन गर्न हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र बिक्रीमा आउनेछ ।
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।








