कैलाशलाई प्राप्ति गरेको प्राइम बैंकको एकीकृत कारोबार भोलि बिहीबारबाट सुरु हुँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कैलाशलाई प्राप्ति गरेको प्राइम बैंकको एकीकृत कारोबार भोलि बिहीबारबाट सुरु हुँदै

काठमाण्डौ । कैलाश विकास बैंकलाई प्राप्तिपछि प्राइम कमर्सियल बैंक लिमिटेडको नाममा भोलि बिहीबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ।

नेपाल राष्ट्र बैंकले कैलाशलाई प्राप्ति गर्न प्राइमलाई अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु हुने भएको हो। बैंकको मुख्य कार्यालय भने काठमाण्डौको कमलपोखरीमा हुनेछ।  

प्राइमले कैलाश बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी असोज १५ गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

यी दुवै बैंकको पुस २५ गते सम्पन्न साधारणसभाले आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरी अन्तिम स्वीकृतिका लागि राष्ट्रबैंकसँग माग गरेका थिए। आवश्यक सबै प्रक्रिया पूरा भएका कारण प्राइमलाई कैलाशलाई प्राप्तिको अन्तिम अनुमति दिइएको राष्ट्रबैंकले जनाएको छ।

Read More
  • MBL - below news