इसेवाबाट बीमाको प्रिमियम तिर्दा २५ हजारको मोबाईल उपहार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इसेवाबाट बीमाको प्रिमियम तिर्दा २५ हजारको मोबाईल उपहार

इसेवाले नयाँ उपहार योजना ल्याएको छ । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका लागि उक्त योजना ल्याएको इसेवाले जनाएको छ । 

योजना अन्तर्गत कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा एक सयसम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिने इसेवाले जनाएको छ । इसेवाका अनुसार एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रूपैयाँ इन्सेन्टिभ पाउनेछन् । त्यस्तै ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार एक सय रूपैयाँ इन्सेन्टिभ पाउने बताइएको छ ।

योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराउने जनाइएको छ  । त्यस्तै पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्सको भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्ने बताइएको छ । योजना मार्च एक तारिख देखि जुलाई ३१ तारिखसम्म संचालन हुने इसेवाले जनाएको छ ।

इसेवा भुक्तानी सेवा प्रदायक हो । 

Read More