थर्ड जेनेरेशनमा स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् पोषकराज पौडेल । २२ वर्षअघि बीमा व्यवसायमा प्रवेश गरेका पौडेललाई २ वर्ष अघि नयाँ इन्स्योरेन्स कम्पनी भित्रिएसँगै संस्थाको नेतृत्व गर्ने अवसर जुट्यो ।
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाईफ)मा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका पौडेलसँग सिटिजनमा प्रवेश गर्दा गर्दै कम्पनीलाई ‘वेष्ट’ बनाउने अठोट थियो । कम्पनी सञ्चालनमा आउँदै गर्दा कम्पनीले तत्काल गर्नुपर्ने, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्यो ।
जसले ‘डे’ वानदेखि नै वेष्ट काम गर्ने प्रणालीको विकास गरायोे । आक्रमकभन्दा गुणात्मक बजार व्यवसायको माध्यमबाट देशको कुना कुनासम्म पुग्ने योजना तय भए । आफूले पाएको जिम्मेवारी पुरा गर्न उनी बिहान ९ बजेनै कार्यालय पुग्छन् र तालिका अनुसार योजनाबद्ध कार्य सम्पादन गर्छन् ।








